प्रधानमन्त्री कप महिला क्रिकेट ः प्रतियोगिताको उपाधि एपिएफलाई

news
news
December 26, 1:35

धनगढी ११ पुष विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो ।  प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो ।
एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाईन् । ममता चौधरीले १७ रन थपिन् । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योती र ममताले जितसम्म डोराएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिईन् । 
यसअघि एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाईन् । अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन् ।  

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा