धनगढीमा पुस पन्ध्र विशेष कार्यक्रम आयोजना गरिने 

Push 15
Push 15
December 28, 8:41

धनगढी – 
हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजना मा सुदूरपश्चिमेलिहरुको मौलिक एवं ऐतिहासिक पर्व पुस पन्ध्र विशेष कार्यक्रम आयोजना गरिएको  छ । उक्त कार्यक्रम धनगढी उपमहानगरपालिका को परिसर ९बन्देवि मन्दिरको छेउ० मा यहीँ पौष १५ गते अपराह्न १ बजे समुद्घाटन गरिने छ । कार्यक्रमको मुख्य आकर्षक को रूपमा सुदूरपश्चिमका मौलिक खानाको व्यवस्था रहनेछ । विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका विभिन्न चर्चित गायक कलाकारहरूका गायन, नृत्य, अभिनय लगायत रचना वाचन समेत रहनेछ । 
सुदूरपश्चिमको भाषा, कला, साहित्य र मौलिक संस्कृति को संरक्षण एवं संवर्द्धनका लागी विगत डेढ दशक देखी  नै विभिन्न सङ्घ संस्था, कार्यक्रम  एवं लोक गीत सङ्गीत मार्फत लागि परिरहेको हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष समेत रहेका सुरत रावत डोटेली कान्छा ले मौलिक पर्व पुस पन्ध्रलाई संस्थाको स्थापनाकाल देखि नै मनाउँदै आइरहेको र यस्तो सूक्ष्म अध्ययनका निम्ति आफूहरू लागिपरेको बताएका छन् । ‘पर्वले आफ्नोपन झल्काउन मा विशेष महत्त्व बोकेको भन्दै, हामीले जसरी आ–आफ्ना घरमा पक्वान फाउने माडा, माडा पुरी, सेल, बटुक, तौड, शकर खण्ड इत्यादिलाई खाइने प्रचलनमा हाम्रो संस्थाले मनाउने पुसे पन्ध्रमा सुदूर पश्चिमेली बासीहरू एक आपसमा मिलेर खान्छौ’ डोटेली कान्छाले भन्नु भयो । उहाँले दोहोर्‍याउँदै भन्नु भयो हामी राति बातै९कथा० हाल्छौ, गाउँ खाने कथा हाल्ने र फुकाउने गर्छौ । यसले गर्दा संस्कृतिको पुनर्जागरण र पुस्ता हस्तान्तरणमा ठुलो टेवा पुग्ने रावतले टिप्पणी दिए ।

तिन दशक पहिले देखि नै  क्यासेट मार्फत गीत सङ्गीतमा आफूले गरी लोक गीत सङ्गीत र सुदूरपश्चिममा मेला महोत्सव आयोजना र सञ्चालन गरी  गायक कलाकारहरूको प्रतिभा र संरक्षण संवर्द्धनमा टेवा पुर्याउदै आइरहेकोमा, लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोका अध्यक्ष   भीम राज ओझा अब्बुले उद्योग वाणिज्य सङ्घ कैलाली मार्फत विगत देखिन लागि परिरहेको र लायन्स क्लबको अध्यक्ष बनिरहँदा अन्तर्राष्ट्रिय क्लब ले समेत हाम्रो मौलिक संस्कृतिको जगेर्नामा हातेमालो  गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गरी आफूहरूको टिम लागि परेको बताउनु भयो । विभिन्न स्वास्थ्य सम्बन्धी र साम्प्रदायिक , विशुद्ध सेवा प्रदायक सामाजिक कार्यहरू गर्दै आइरहेको हेल्थ एण्ड मेडिकोले अब संस्कृतिको क्षेत्रमा समेत सेवा थालनी गरेको भन्दै आफूलाई असाध्यै मन पर्ने कला संस्कृति सम्बन्धी कार्यक्रम यस संस्था मार्फत गर्न पाउँदा निकै हर्षित रहेको ओझाले बताएका छन् । उहाँले यस वर्ष केही छोटो समयको तयारी ले केही कुराहरू अपुग अपुरा भएता पनि आगामी वर्षहरूमा पर्याप्त पूर्व तयारीका साथ दर्शक र समाज प्रति अझै आकर्षित ढङ्ग बाट प्रस्तुत हुने बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा