जोनापुरमा राष्ट्रिय फुटबल प्रतियोगिता हुने

एक
एक
December 30, 10:32

धनगढी १५ पुस / कैलालीको जोनापुरमा राष्ट्रिय स्तरीय सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलको उर्बर भुमिका रुपमा परीचित गोदावरी नगरपालीका वडा नम्बर ८ जोनापुरमा पौष १७ गते देखि २० गते सम्म प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा ४० बर्ष माथीका राष्ट्रिय स्तरका भेट्रान खेलाडीहरुलाई सहभागी गराईने छ ।

आयोजक ग्रीनल्याण्ड पार्क विकास समितिले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै ‘स्वच्छ जिवन र सभ्य समाज’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरीएको जानकारी दिएको छ । प्रतियोगितामा काठमाण्डौ, बुटवल, नेपालगञ्ज र महेन्द्रनगर सहित देशभरका ८ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख र दृतिय हुनेले ५० हनार पुरस्कार पाउने आयोजक ग्रीनल्याण्ड पार्क विकास समितिका अध्यक्ष गोपाल चौधरीले बताए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्बाधिक गोलकर्ता लाई ५– ५ हजार तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई २ हजार दिइने चौधरीले बताए ।

उनले फुटबलको विकासका र पुराना खेलाडीको सम्मानका लागी प्रतियोगिता आयोजना गरीएको बताए । चौधरीले भने “देशभरका भेट्रान खेलाडीको जमघट गर्ने सोचका साथ हामी नौ प्रयोग गर्दैछौ, यदी सफल भए यसले निरन्तरता पाउने छ” ।
फुटबलमय बाताबरण भएको जोनापुरमा यस अघि क्लब स्तरीय र अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता भैसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा