सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आज बाट सुरु

news
news
January 02, 12:33

मोहन पनेरु 
धनगढी,१८ पुष /  
धनगढीमा आईतवारबाट भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पुसे औंसीको अघिल्लो दिन देखि सुरु गरिने भुवा पर्व बाजुरा, बझाङ, अछाम,डोटी लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दसैंपछिको दोस्रो ठूलो पर्व हो । त्रेतायुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा  यो पर्व निकै रमाइलो गरी मनाइन्छ । रातभरि मुढा बालेर देउडा, भारीखेल, भोस्सोलगायतका विभिन्न खेल छुट्टाछुट्टै खेल्ने चलन छ । आफ्नै रीति संस्कृतिको जगेर्ना गर्न यो पर्व तीन देखि पाँच दिन सम्म मनाइन्छ । यो पर्वमा गाउँमा छैठ खेल्ने चलन पनि छ ।
घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैठ माग्ने चलन छ । छैठमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबडा मान्यजनले आशीर्वाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोजन गर्ने चलन यस पर्वको अर्को विशेषता हो।

स्थानीयवासीका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई शृंगार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने र रमाइलो गर्ने चलन हो । यो पर्वमा राँके जुलुस पनि निकालिन्छ । स्थानीय हिक्मत भण्डारीका अनुसार पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालोको आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँके जुलुस निकाल्ने परम्परा छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा