डेउडामा नौलो स्वाद “पिपल छाँयालाई” सार्वजनिक (भिडियो सहित)

news
news
January 02, 12:56

डोटी १८ पुष  / गायक सर्जक शेर साउँदको नयाँ गीत “पिपल छाँयालाई” सार्वजनिक भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर बुढा म्युजिकको युटुव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

शेर साउँद र मनिषा सुनारको आवाजमा रहेको उक्त गीतमा लय शब्द पनि साउँदकै रहेको छ । गीतको निर्देशन कटक बुढाले गरेका छन् भने गीतमा बुढा र मालती न्यौपानेको अभिनय रहेको छ ।

यो गीत डोटीली भाषाका अन्य डेउडा गीतहरु भन्दा फरक छ । यसमा नेपाली र डोटेली दुबै भाषा मिक्स छ । अरु डेउडा गीतहरु भन्दा यो गीत सबै नेपाली भाषिहरुले बुझ्न सक्ने छन् ।

सरल र मन छुने शब्दहरु प्रयोग भएकाले यो गीत सबैले मन पराउने विश्वास लिएको गायक एवं सर्जक साउँदले बताए । मार्मिक शब्द संयोजन, मिठो आवाज र गीत भित्रै पसेर गरेको अभिनय यो गीतका उत्कृष्ट कार्य हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा