५ सय ३२ नेपाली विदेशी जेलमा

1
1
June 20, 7:29

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेकामध्ये ५३२ नेपाली जेल परेका छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय भने परिबन्दले जेल परेका नागरिक दैनिकमा समाचार छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। सबैभन्दा बढी मलेसियाको जेलमा छन्। बोर्डका अनुसार त्यहाँ २०४ नेपाली जेलमा छन्। दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा १८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन्। यसमध्ये महिलाको संख्या १९ छ। जेलमा रहेका मध्ये २५ जनालाई मृत्युदण्ड सजाय सुनाइएको छ। यो संख्या सरकारको जानकारीमा आएकाको मात्र हो। जानकारीमा नआउनेको संख्या पनि उल्लेख्य हुनसक्ने अधिकारीहरूको अनुमान छ।

नागरिक दैनिक

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा