प्रधानमन्त्री कप आज देखि शुरु , सुदूरपश्चिम सहित १० टिमको सहभागिता

ss
ss
January 10, 10:25

डोटी,२६ पुष  / प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप सुरु हुन लागको हो ।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा सुदूरपश्चिम सहित १० टिम प्रतिस्पर्धा गर्ने छन ।सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहको खेलपछि शीर्ष २–२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् भने समूह बी एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ छन् ।

सुदूरपश्चिमको टोलीमा सन्तोष भट्ट (कप्तान) , खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, शेर मल्ल (उपकप्तान), वसन्त कार्की, अर्जुन साउद, राजु रिजाल (विकेट किपर), दीपक टमटा र कैलाश ऐर रहेका छन । त्यस्तै वैकल्पिक खेलाडीमा नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा रहेका छन ।

सुदूरपश्चिमको टिमका प्रशिक्षक खेमराज भट्ट रहेका छन भने म्यानेजर लक्ष्मण दत्त भट्ट रहेका छन । प्रतियोगिताका माघ ५ सम्म संचालन हुने छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा