प्रधानमन्त्री कप सिनियर पुरुष  राष्ट्रिय प्रतियोगिता : सुदरपश्चिम पराजित 

news
news
January 10, 1:43

मोहन पनेरु-धनगढी,२६ पुष / प्रधानमन्त्री कप सिनियर पुरुष  राष्ट्रिय प्रतियोगिता आज बाट सुरु भएको छ । आज भएको पहिलो खेलमा टस जितेर फिल्डिङ गर्ने गरे संगै नेपाल प्रहरी क्लबले पहिलो व्याटिङ संगै ९४ रनको लक्षय सुदुरपश्चिम प्रदेशलाई दिएको थियो । टस जितेर  फिल्डिङ रोजेको सुदुर पश्चिम प्रदेश २ रनले पराजित भएको हो । 

पहिलो व्याटिङ गरेको नेपाल प्रहरी क्लबले निर्धारीत २० ओभरमा  ८  बिकेट गुमाउँदै मात्र ९३ रन जोड्न सक्यो । व्याटिङ तर्फ नेपाल प्रहरीका लागी कुशल भुर्तेलले ३८ बलमा २१ रन, पवन सर्राफले १६ बलमा २० रन र १२ बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेन । नेपाल प्रहरी क्लबलाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिम प्रदेशका बलर नारायण जोशी र आदित्य महताले समान ३/ ३ बिकेट लिदा अर्का बलर शेर मल्लले पनि २ विकेट लिन सफल भए । 

९४ रनको बिजयी लक्षय पन्छ्याउँदै  मैदानमा उत्रेबको सुदुरपश्चिम प्रदेश निर्धारीत २० ओभरमा ९ विकेटको क्षति मात्र ९१ रनमा समिटीदै २ रनको झिनो अन्तरले  पराजित हुन पुग्यो । व्याटिङ तर्फ सुदुरपश्चिम प्रदेशका लागी गजेन्द्र बोहरा २५ बलमा २७ रन,नारायण जोशी १५ बलमा २२ रन र खड्क बोहराले ३५ बलमा १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्दा टिम पराजित हुन पुगेको हो । सुदुरपश्चिम प्रदेशलाई सस्तैमा रोक्ने क्रममा नेपाल प्रहरी क्लबका बलर आरिफ सेख एक्लैले ४ विकेट लिन सफल भए । 

नेपाल प्रहरी क्लबले २ रनले बिजयी संगै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएको छ । उक्त खेलका म्यान अफ दी म्याच नेपाल प्रहरी क्लबका खेलाडी आरीफ सेख घोषित हुन सफल भएका छन ।


 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा