लिपुलेकको रक्षा गर्न सरकारलाई खनालको आग्रह

ss
ss
January 10, 4:43

धनगढी २६ पुष / नेकपा एकीकृत समाजवादी ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रुपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताए । 

‘नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधिनताको गम्भीर उल्लंघन हो,’ पूर्वप्रधानमन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालको भूमि लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण भएको खनालको भनाइ छ । 

लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र भएको भारत सरकारलाई राम्रोसँग थाहा भएको एकीकृत समाजवादीले जनाएको छ । आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकारलाई आवश्यक कदम चाल्न खनालको आग्रह छ ।

‘हाम्रो पार्टीले सडक निर्माणको घोर भत्र्सना गर्दछ । साथै सरकारलाई आफ्नो क्षेत्रको रक्षाका लागि आवश्यक कदम चाल्न हाम्रो आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा