एपीएफको दोस्रो जित : लोकेश बमको विष्फोटक ब्याटिङ ,बागमती प्रदेश पराजित

news
news
January 11, 6:27

धनगढी २७ पुस / लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को शीर्ष स्थानमा छ । एपीउफले सोमबार भएको पहिलो खेलमा प्रदेश २ लाई २४ रनको पराजित गरेको थियो ।

पहिलो खेलमा लुम्बिनीलाई हराएको बागमतीको भने यो पहिलो हार हो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८।४ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्‍यो।

एपीएफका लागि लोकेश बमले २४ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा ५० रन बनाए । पाँचौ ओभरमा रामनरेश गिरीलाई पाँच चौका र १ छक्का प्रहार गर्दै एकै ओभरमा २६ रन जोडेका बमले ४६ रन बाउन्ड्रीबाटै जोडेका थिए ।

यस्तै प्रदिप ऐरीले नटआउट ३६ रन बनाउदा सन्दिप जोरा १५ रनमा अविजित रहे । बागमतीका लागि रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक २९ रन बनाउँदा लोअर अर्डरका नन्दन यादवले २४ रन योगदान गरे । यस्तै सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।

एपीएफका लागि अविनास बोहराले सर्वाधिक २ र कमल ऐरीले २ विकेट लिए । दुवैले ४ ओभरमा समान ३२ रन खर्चिए । कप्तान शरद भेषवाकर र किशोर महतो एक–एक विकेट लिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा