फिल्म हल, डान्सबार, दोहोरी र जिम हल पनि बन्द गर्ने सरकारको निर्णय

news
news
January 16, 4:44

काठमाडौं, माघ २ / सरकारले तेस्रो लहरको कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि आगामी माघ १५ गतेसम्मका लागि फिल्म हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै आगामी माघ १५ गतेसम्म फिल्म हल र रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।

‘स्विमिङ पुल, जिमखाना, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, रात्रि क्लब, फुटसल, पटके हाटबजार र मानिसहरुको भीड हुने सबै किसिमका गतिविधि माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय भएको छ’, एक महिना लामो कोभिड-१९ निर्देशिबारे जानकारी दिँदै उनले भने।

पछिल्लो समय नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ । दिनानुदिन संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो । यस कारण सरकारले  रोकथामका लागि विभिन्न निर्णय गदै जान थालेको छ । माघ १५ सम्मलाई विद्यालय पनि बन्द गर्ने निर्णय यसअघि नै गरिसकीएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा