प्रधानमन्त्री कप टी २० फाइनल एपीएफले पुलिसलाई दियो १ सय ५८ रनको लक्ष्य ( भिडीयो सहित )

news
news
January 19, 12:26

धनगढी ५ माघ /  प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि  एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन  बनाएको हो ।

सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै तीन छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान गरे ।

यस्तै लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९, भुवन कार्कीले १७ रनको योगदान गरे । ओपनिङमा आएका आशिफ सेख ९ र प्रदीप ऐरी भने ७ रनमै आउट भए भने किशोर महतोले ८, दीपक बोहोराले ६ र अविनास बोहोराले एक रनमात्रै जोडे । पूर्ण बिक भने पहिलो बलमै रन नजोडी आउट भए ।

पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीन/तीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा