आसिफ पीएम कपको उत्कृष्ट खेलाडी

news
news
January 19, 3:02

काठमाडौं ५ माघ /  च्याम्पियन टोली एपीएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।

एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ उत्कृष्ट बनेका हुन् । उनले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २२७ रन बनाए । जसमा २ अर्धशतकसमेत सामेल थियो ।

आसिफले प्रतियोगितामा सर्वाधिक १४ छक्का प्रहार गरेका थिए । यस्तै एपीएफकै ओपनिङ जोडी प्रदीप ऐरी र उनले सर्वाधिक २४-२४ चौका प्रहार गरेका थिए । उत्कृष्ट खेलाडी वापत आसिफले नगद ३० हजार नगद प्राप्त गरे ।

यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी प्रदेशका युवा स्पीनर अनिल खरेल उत्कृष्ट बलर घोषित भएका छन् ।

समूह चरणमा गरेको प्रदर्शनका आधारमा यो अवार्ड दिइएको हो । अस्वस्थ भएपछि सेमिफाइनल र फाइनल गुमाएका पुलिसका कुशल भुर्तेलले समूहको चार खेलमा एक अर्धशतकसहित १८२ रन बनाएका थिए ।

यस्तै लुम्बिनीका अनिलले समूहको चार खेलबाट १० विकेट लिएका थिए । उनले प्रदेश २ विरुद्ध ५ र गण्डकीविरुद्ध चार विकेट लिएका थिए ।

कुशल र अनिल दुवैले समान २० हजार प्राप्त गरे । बुधबार टीयू मैदानमा भएको फाइनलमा एपीएफले पुलिसलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष टी२० प्रतियोगिताको उपाधिसहित नगद ५ लाख प्राप्त गरेको छ । पुलिसले भने ३ लाख प्राप्त गर्‍यो । यस्तै सेमिफाइनल पुगेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले समान ५० हजार प्राप्त गरे ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा