कष्टकर हिउँमय यात्रा अनि केहि रमाइलो क्षण
दिपक बहादुर खड्का
म फागुन १ गतेदेखि खप्तड बडिमालिका क्षेत्रमा तिर्थालु तथा आन्तरिक पर्यटकहरुलाई हिउँदे सिजनमा पुर्याई थोरै भयपनि चलायमान तथा पुनरउत्थान गर्ने उदेश्य सहित हेलिटुर संचालनका लागि धनगढीमा प्रचारप्रसारका क्रममा थिय । शुक्रबारको दिन सुदुर पश्चिम प्रदेश सभा सभामुख अर्जुन बहादुर थापा संग भेटेर कुराकानि गर्ने जमर्को थियो । उहाले मलाई प्रदेश सभा सचिवालयमा १ बजे भेट्ने समय दिनुभयको थियो । म साढे १२ बजेनै त्याहापुगे तर सभामुख ज्यु आउनु भयन । त्याहाँ रहेका संसदीय दलका कार्यालयमा छिरे तर नेपाली काग्रेशको दलको कार्यालय भित्र टेक बहादुर रैका , दिब्यश्वरि शाह र भरत बहादुर खड्का बाहेक अन्य दलको कोहि प्रदेश सभा सदस्य संग भेट हुन पायन । उहाहरु संग केहि समय गफगाफ पछि म पुन सभामुखको कार्यकक्षमा गय तर उहा आउनु भयको रहेनछ ।
धनगढीमा मौसम अत्यन्तै चिसो थियो सिमसिम बर्षा भईरहेको थियो लागातार दुई दिन पानि पर्ने र उच्च पहाडमा हिमपात हुने मौसम पुर्वअनुमान थियो । करिव २ बजे तिर म धनगढी बाट अत्तरिया तिर गय अत्तरियामा सिलगढि रातुलिका चिनजानकै गाडि चालक लोक बहादुर बिष्ट भेटिय उनि पनि दिपायल जान तम्तयार थिय बर्षा भईरहेका कारण बाटोको अवस्था बुझ्न डडेल्धुरा तिर फोन लगाय हगुल्टे तिर सामान्य हिमपात र डडेल्धुरामा सिमसिम पानी परिरहेको जानकारी पाए ।
सामान्य अबस्थामा जानसकिने चालक लोक बहादुर र मेरो सल्लाह बमोजिम हामि अत्तरियाबाट साढे दुई बजेतिर निस्कियौ । साढे ३ बजेतिर खानिडाडा पुग्यौं त्याहा पुग्दा सिलगढि जान लागेको बस बिग्रेर यात्रुहरु अलपत्र थिय गाडिहरुको पर्खाइमा २ घण्टादेखि कुरेर बसेका रहेछन् । हामीलाई लैजान ३ जना यात्रुहरुले आग्रह पुर्वक अनुनय गरे पछि एक महिला सहित २ जना यात्रु थपिदा ५ जना एकसाथ भयौ । बेलुकि साढे ५ बजेतिर डडेल्धुराको मेलखर्क पुग्यौं त्याहा पुग्दा सयौं गाडिहरुको लाम लागि सकेको थियो । प्राप्त जानकारि अनुसार भिमदत्त राजमार्ग खण्डको हगुल्टेमा हिउबाट चिप्लियर बसहरु एकआपसमा जुध्न पुगेछन् ।
हिउँ जम्मा जम्मि आधा फिट मात्रै थियो गाडिहरु सहज रुपमा जान सकिने थियो तर गाडिहरु बिचबाटोमा फसेपछि सडक अबरुद्ध हुन पुग्यो आफ्नो अगाडि बढाउने चालकहरुको होडबाजिले गाडिहरु दुबै साईडमै पार्किङ भय बिमारी बोकेका एम्बुलेन्स पनि सडकमै अलपत्र परे । बाटो नखुल्ने भयपछि हामीले बास खोज्न गैराबजार फर्कियौ जेनतेन गरि बास बस्यौ राति ३ बजेपछि गैराबजारमा पनि हिमपात सुरु भयो । बासबसेका कयौं यात्रि पुन धनगढीमा फर्किय । तर सडक डिभिजन कार्यालय कुलपातेले राति ९ बजे देखि काम सुरु गरेर १२ बजे सडक सुचारू गरेको रहेछ । करिव ३ बजे बिहान देखि पुन अबरुद्ध भयको रहेछ ।
होटल बास बसेका कसैले पनि राति यात्रा गर्न पायनन् । बिहान १० बजेपछि मलाई फोन गर्नुभयो सडक डिभिजन कार्यालय दिपायलका ईन्जिनियर योगेन्द्र अधिकारि जिले उहाँ मेरो स्कुल पढ्दाको साथि हुनुहुन्थ्यो । ११ बजेपछि डडेल्धुरा र गैराबाट दुबै तर्फ ब्याकुलोडर लगाउने र बाटो खुल्ने जानकारि दिनुभयो । त्यसपछि पुन हामि ब्याकुलोडरकै पछाडि पछाडि गयौ मेलखर्क पुगेपछि सयौं गाडिको लाम हजारौ यात्रिहरु अलपत्र हिउको बर्षा कठ्ङग्रिदो जाडो बृद्ध देखि बालक सम्म बिमारि बोकेका एम्बुलेन्स पनि सडक सुचारुको प्रतिक्षामा थिय । दुई तर्फि गाडि पार्किङ हटाउन सकस भयो गाङ्खेत प्रहरी चौकिका प्रहरीहरुलाई हम्मेहम्मे पर्यो ३ घण्टाको अथक प्रयासपछि ब्याकुलोडर अगाडि बढ्यो बाटोमा जम्मा भयको हिउँ सोहर्न । गाडि चालकहरुले अगाडि बढ्न साईड नदियका कारण डोजरु चालकले तेल छैन भन्दा अन्य चालकहरुले झण्डै झुम्टिन खोजे प्रहरीले थामथुम पारे ।
आखिर २ ३ घण्टापछि तेल सकिन लागेको रहेछ । सडक कार्यालयका कर्मचारीहरु पनि ३ ड्रम तेल सहित भातकाडा बाट सडक खोल्दै सहुखर्क पुगिसकेका थिय करिव ५ बजेको समयमा दुई तर्फबाट काम सुरु गरेका मेसिन र तेल लगेर गयका कर्मचारीहरु म पनि साथै अपरेटरलाई सहज गराउदै अगाडि बढेको आलिताल गाउपालिका र गन्यापधुरा गाउपालिकाको सिमाक्षेत्र हगुल्टेमा भेटभयो । कष्टकर यात्रा लाई थाति राखेरे प्रकृतिले दियको हिउँ संग स्पर्श गर्दै लुकामारी खेल्यौ केहिबेर रमायौ मेसिनहरुमा तेल थप्ने काम भयो र पुन बाटो सुचारुमा मेसिनहरु प्रयोग भय । म संगै अन्य दिपायल आउने बोलेरो जिपहरु थिय तिनका चालकहरु मेरा चिनजानकै भाईहरु थिए। ठाउँ ठाउँमा थुप्रै अबरोधहरु थिए । साथमा बसेकि महिला थिईन जोगबुढा घर भयकि मिनु बोहरा बिष्ट डडेल्धुरा खिन्निकोट गाउ माईति भयकि आफ्नो बहिनिको बिहेमा पुग्नुपर्ने । उनलाई हतार थियो पटक पटक माईति बाट कता पुग्यो भन्दै फोन आईरहेका थिए।
अर्का थिए सोहि ठाउँ चम्साल घर भयका ललित मल्ल उनको पनि ब्यथा उस्तै थियो शनिवार भाईको बिहे घर पुग्न हतार हतार थियो । तेस्रो ब्यक्ति थिय डोटि कपल्लेकि तिछडा गाउका कर्ण मल्ल उनि ३ बर्ष मलेसियाको बसाइँ पछि घर फर्किदै थिय । उनकि जिवन संगिनि उनको बाटो कुर्दै थिईन् दुई साना छोराहरु बाबा कतिखेर पुग्ने भन्दै फोन गरिरहेका थिए । रात परेपछि चिसो बढ्दै गयो हातखुट्टा अत्यन्तै चिस्सिय थरथर काम्न थाले हिउमाथि उभियको करिव ९ घण्टा भई सकेको थियो ।
गाडि चालकहरु अगाडि बाटो सहज गराउदै साईड माग्दै अगाडि बढिरहे करिव साढे ९ बजेतिर भातकाडा बजार पुग्यौं सबै होटेलहरु बन्द भईसकेका थिय दिनभरि खाजा पनि खान नपायका कारण सबैलाई भोकले च्यापिरहेको थियो डडेल्धुराको स्याउले बजार पनि बन्द भईसकेको थियो । हामि डोटीतिर झर्यौ रडुवामा डडेल्धुरा घर भयका यात्री झरे हामी करिव ११ बजे दिपायल ढुक्कसँग घर पुगियो ।
हामिले गाडि निकाले पनि धेरै गाडिहरु हगुल्टे लेकतिरै थिय । अघिल्लो राति बाटो खुले संगै कयौं यात्रुहरु होटेलमानै छोडि गाडिहरु राति निस्केका रहेछन् । बिच्लिमा परेका थिय कसै संग सिमित गाडिभाडा मात्रै बोकेर आयका रहेछन् ।
कोहि हिडेर स्याउले तथा गैरा बजार पुगे , कोहि पुरानै गन्तव्यमा फर्किय । गाडि चालक पनि थरिथरिका कोहि गाडि बिच सडकमै छोडेर कता हिनेका, कोहि यात्रु अलपत्र पार्दै हिनेका त कोहि रक्सिले मात्तियका र कोहि सहयोगि भावनाका । सामान्यतया ६ घण्टामा पुग्न सकिने यात्रा गर्न मलाई ३३ घण्टा लाग्यो ।
म दिपायल पुगेपछि पनि मनमनै सोचे हिउमाथि हगुल्टेमा अड्कियका ति बालबच्चा र बृद्ध सम्झिय अनि सोचे बझाङ बाजुरा र दार्चुला पुग्न कति कठिन यात्रा होला ।
म सानो छदा देखि सुन्न आयको खुटिया दिपायल फाट्टट्रयाक बनेको भय सायद सहज बन्थ्यो होला हगुल्टे लेकमा गाडिको चाप कम हुने थियो होला । हिउका कारण भन्दा गाडिहरुको संख्या र सडको चौडाई स्थरले सडक अबरुद्ध बनेको मेरो निष्कर्ष हो ।
पहाडी जिल्लामा सहज अस्पताल र शिक्षाका लागि बिश्वबिधालय भयको भय सायद यो बिड्बना देख्नु पर्थेन होला । सहज छिटो छरितो उपलब्ध सेवा तथा उपचार पाय बर्षेनि सुदुर पहाडका जनताले अकालमा ज्यान गुमाउनु पर्थेन होला । फेरि चुनाव नजिकैछ यिनै फाष्ट ट्रयाक यिनै बिश्वबिद्धालय जलविद्युत र पर्यटनका सपना बाड्न कुनै उमेदवार बाकि राख्ने छैनन् ।