एलपीएलको व्यानर पार्टनरमा खगेन्द्र अटो वर्कसप 

ss
ss
February 06, 2:14

धनगढी, २३ माघ / धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) –६  को व्यानर   पार्टनर डोटीको खगेन्द्र अटो वर्कसप  रहने भएको छ । प्रतियोगितामा व्यानर पार्टनरका रूपमा रहने गरी खगेन्द्र अटो वर्कसपका संचालक तथा युवा उद्यमी  खेमराज भण्डारीसँग सम्झौता भएको आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । 

प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालयका  टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ  र एभरेस्ट  एकेडेमी अत्तरियाले पनि सहभागिता जनाउने छन् । 

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।

प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ  ।
 

सम्बन्धित वर्गका समाचारहरू

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो  
धनगढी / लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको… विस्तृतमा
लिटल फ्लावर प्रीमियर लिग मार्फत क्रीकेटमा फर्किदै ललित,…
आगामी मंसिरदेखी धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगका लागि शुक्लाफाँटा नगरपालिकाको कृष्णसार… विस्तृतमा
धनगढी क्रीकेट क्लबलाई १ सय ८० रनकाे लक्ष
धनगढी,६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे खेलमा लिटल फ्लावर क्रीकेट क्लबले धनगढी क्रीकेट क्लबलाई १ सय… विस्तृतमा
धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नरेन्र्द भट्टकाे नाममा
धनगढी ६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नेरेन्र्द  भट्टले बनाएका छ । धनगढी सुपर लिगकाे… विस्तृतमा