डा.आरजुको पहलमा फाप्लाको जग्गा विवाद टुङ्गियो, विकास समिति बनाएर खेलग्राम बनाउने सरकारको निर्णय

news
news
February 07, 4:26

धनगढी,२४ माघ/ कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा सरकारी जग्गामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय गरेको हो ।
यस सम्बन्धी पूर्वाधार विकासलगायतका कार्य अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम विकास समिति गठन गर्ने प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयले अगाडि बढाउने निर्णयमा उल्लेख छ। 
काँग्रेस नेतृ डा। आरजु राणा देउवाले धनगढीमा उक्त मैदान र खेलग्राम बनाउने पहल गरेकी हुन् । उनकै पहलमा गत माघ १० गतको मन्त्रिपरिषद् बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको ३९ हजार ९ सय १० वर्ग मिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरू गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने छ । जग्गाको स्वामित्व विवादले यस अघि स्थानीय तथा प्रदेश सरकारले फाप्लाका लागि विनियोजन गरेको बजेट पटक पटक फ्रिज हुँदै आएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा