डडेल्धुरामा युवकको हत्या आरोपमा तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा
February 15, 4:17

३ फागुन, धनगढी । डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सोमबार बिहान जिल्लाको आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल (मृतकका आफन्त) को घरमा आइतबार राति मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको बताए ।

मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उनलाई घाइते अवस्थामा आलीताल गाउँपालिका-४ मा फालेका थिए ।

स्थानीयले सिजापति घाइते अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई जोगबुढा अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको थियो ।

सिजापतिको हत्यामा संलग्न भएको आरोपमा आशिष बराल, आलीताल गाउँपालिका-८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरिएको डीएसपी पालले जानकारी दिए ।

सोधपुछका क्रममा उनीहरु तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर आलीताल गाउँपालिका–४ मा छाडेर गएको बयान दिएका छन् ।  पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरुको साथी भएको खुलेको छ । सिजापति आइतबार मात्र डोटीबाट आफन्त बरालको घरमा आएको पाइएको प्रहरीको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा