टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक, पूर्वकप्तान पारससँग रेकर्ड बराबर
काठमाडौं ७ फागुन / नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् ।
ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो अर्धशतक प्रहार गरे । भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।
यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् । सन् २०२१ मा नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजबाट डेब्यु गरेका कुशलले ८ खेल खेल्दा नै यो उपलब्धि हासिल गरेका हुन् ।
कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।
पूर्व कप्तान पारसले पनि एक शतक र चार अर्धशतक प्रहार गरेका थिए । फिलिपिन्ससँगको खेलमा दीपेन्द्रले पनि अर्धशतक पूरा गरेका छन् ।