धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ : हिमालयन ह्वाइट हाउसको दोस्रो जित

अलराउण्ड प्रदर्शन गरेका हिमालयनका राहुल भण्डारी
अलराउण्ड प्रदर्शन गरेका हिमालयनका राहुल भण्डारी
February 20, 1:44

धनगढी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा काडमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले दोस्रो जित निकालेको छ । आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्दै आफ्नो दोस्रो खेलमा पनि विजयी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन् । उसले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन् ।

शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्त्वपूर्ण ४ विकेट लिए । सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १/१ विकेट लिए ।

यस अघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । दीपक बोहरा(सिनियर)ले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए । अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए । हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए । शारदाका लागि बलिङ तर्फ मिलन बोहरा र अर्जुन सिंह साउदे समान २/२ तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए । सर्वाधिक छक्काको अवार्ड भने दीपक बोहरा सिनियर, राहुल भण्डारी, वसन्त कार्की र अनुप कुँवरले पाए । आजै दोस्रो खेलमा आयोजक लिटल फ्लावर र विद्या भूषण प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा