नेपाल टि -२० सेमीफाइनलमा युएईसंग खेल्ने
काठमाण्डौं , ९ फागुन / समुह चरणको तेश्रो तथा अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल ओमानमा जारी टि(ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘बि’ को विजेताको रुपमा नेपाल सेमीफाइनल पुगेको हो। नेपालले यस अघि ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो।
सेमीफाइनलमा नेपालले मंगलबार समुह ‘ए’ को उपविजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय ३स्४५ बजे दिउँसो सुरु हुनेछ। सेमीफाइनल खेल जिते नेपाल यो वर्ष अक्टोबरम अस्ट्रेलियामा आयोजना हुने टि(२० विश्वकप खेल्न छनोट हुनेछ। समुह ‘ए’ बाट उपविजेताको रुपमा ओमान सेमीफाइनल पुग्यो जसले सेमीफाइनलमा आयरल्याण्डसंग खेल्नेछ।
अल अमिरात मैदानमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले मात्र २ विकेट क्षेतीमा १४।१ ओभरमै भेटायो। ओपनर आसिफ शेख १७ तथा कुशल मल्ल खाता नखोली आउट भएपछि कुशल भुर्तेल र दिपेन्द्र ऐरीले तेश्रो विकेटको लागि ५८ रनको साझेदारी गरे। कुशलले अविजित ३३ तथा दिपेन्द्रले अविजित २७ रन बनाए।
टस जितेर पहिले ब्याटिंग रोजेको क्यानडाले १५ ओभरमा ८० रनमै सम्पूर्ण विकेट गुमाएको थियो। टि(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाको यो इतिहासकै दोश्रो कम योगफल हो।
ओपनर म्याथु स्पुर्सलाई पहिलो ओभरमा कमल सिंह ऐरीले खाता नखोली क्याच आउट पारे। दोश्रो विकेटको लागि रायन पठनले नभनित ढालीवालसंग ३३ रन जोडे। पाँचौ ओभरमा १८ रन बनाएका ढालीवाललाई कमलले क्याच आउट परे। त्यसपछि लगत्तै ओभरमा १४ रन बनाएका रायन पठान रन आउट भए। त्यसपछि क्यानडाले लगातार विकेट गुमायो।
३५र१ को अवस्थाबाट उसले ४८ रन बनाउदा ९ विकेट गुमाउन पुग्यो। दशौँ विकेटको लागि डिल्लोन हेलिगरले सलमान नजरसंग ३२ रनको साझेदारी गर्दै क्यानडालाई सम्मानजनक अवस्थासम्म पुर्याए। नजर १० रन बनाएर आउट भए भने हेलिगरले अविजित २४ रन बनाए।
नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन मात्र खर्चिए। यस्तै कमल सिंह ऐरी ९ ३(०(१६(२ ० र अविनाश बोहराले ९ ३(०(७-२ ० समान दुई विकेट तथा कुशल मल्लले १ विकेट लिए।