धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ : शारदासँग सैनिक १ सय रनले पराजित 

खेलको प्लेयर अफ दी म्याच घोषित भएका विकास सुनार
खेलको प्लेयर अफ दी म्याच घोषित भएका विकास सुनार
February 23, 1:29

धनगढी - 

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १ सय रनको सानदार जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । 

१ सय ७१ रनको विशाल विजयी लक्ष पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । उसका खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् । सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुन सिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए । 

यस अघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे । 

सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुन सिंह साउदे पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए । 

आजको दोस्रो खेलमा स्टेपिङ र सत्यवती भीड्दैछन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा