धनगढी मेयर एलपीएल–६  : ह्वाइट हाउस, शारदा, सत्यवती र विद्या भूषण सेमिफाइनलमा

दीपक बोहरा
दीपक बोहरा
February 24, 1:53

धनगढी - धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा काठ्ण्माडौँको हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफाइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुङ्गो लागेको हो । 

समूह ‘ए’ बाट जित्नै पर्ने खेलमा ह्वाइट हाउससँग ८० रनले पराजित भएसँगै होलिल्याण्ड उपाधि होडबाट बाहिरिँदा शारदा सरस्वती दोधारालाई फाइदा पुगेको छ । शारदा रन रेटमा होलिल्याण्ड र एभरेस्ट एकेडेमीलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको छ । शारदा सम्मिलित समूहबाट ह्वाइट हाउस समूह विजेता बनेर ८ अङ्कसहित सेमिफाइनलमा पुगेको छ । शारदाको ४ अङ्क छ । 

समूह ‘बी’ बाट विद्या भूषणलाई रन रेटमा पछि पार्दै सत्यवती समूह विजेता बनेर सेमिफाइनल पुग्दा विद्या भूषण समूह उप–विजेता बनेर सेमिफाइनल पुगेको छ । दुवै टिमको अङ्क भने समान ६/६ रहेको छ । 

समूह चरणको जित्नै पर्ने अन्तिम खेलमा होलिल्याण्ड अत्तरियाले ह्वाइट हाउससँग ८० रनको हार ब्यहोर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुल काठमाण्डौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । १ सय ९७ रनको विशाल विजयी लक्ष पछ्याएको होलिल्याण्डले १५.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १६ रन मात्रै बनाउन सक्यो । उसका राज विश्वकर्माले २७ बलमा ३०, दीपक टमाटाले १३ बलमा २२ र अभिषेक पालले ७ बलमा १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । 

होलिल्याण्डलाई सस्तैमा समेट्न बलिङ तर्फ हिमालयनका वसन्त सिंह कार्कीले महत्त्वपूर्ण ४, राहुल भण्डारी र सतिश यादवले समान २/२ तथा सार्थक धितालले १ विकेट लिए । 

यस अघि हिमालयनका लागि दीपक बोहराको जोडीले ५७ बलमा ९६ रनको उत्कृष्ट साझेदारी गर्दै हिमालयनलाई राम्रो सुरुवात दिलाए । ९.३ ओभरमा पहिलो विकेट गुमाएको हिमालयनका लागि दीपक बोहरा (जुनियर) ले ४९ बलमा ५ छक्का र ८ चौकाको मद्दतले ८७ रनको उत्कृष्ट पारी खेले । उसका राहुल भण्डारीले १५ बलमा २९, नारायण जोशीले ९ बलमा २७, दीपक बोहरा (सिनियर) ले २७ बलमा २१ रन बनाए । 

बलिङ तर्फ होलिल्याण्डका जीत साउदले ३ र गजेन्द्र बोहराले १ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच दीपक बोहरा(जुनियर) घोषित भए । गेम चेन्जर अवार्ड वसन्त सिंह कार्कीले पाउँदा, सर्वाधिक छक्काको अवार्ड दीपक बोहरा(जुनियर) ले नै पाए । 

भोलि शुक्रबार हुने सेमिफाइनलको पहिलो खेलमा बिहान ९ः३० बजे ह्वाइट हाउस र विद्या भूषण तथा दोस्रो सेमिफाइनल खेलमा दिउसो १ः३० बजे सत्यवती र शारदा भिड्नेछन् । 

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा