फागुन २७ गतेदेखि मेयर धनगढी प्याब्सन कप, यस्तो छ खेल तालिका 

 पत्रकार सम्मेलन
पत्रकार सम्मेलन
March 08, 9:59

धनगढी, २४ फागुन –  मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुक्रवार देखी हुने भएको छ । धनगढी प्याब्सनको आयोजनामा प्रतियोगिता शुक्रवार देखी सुरु हुने आज धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।  धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ । 

प्याब्सनका नगर अध्यक्ष नरेन्द्र सिंहको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्याब्सनका सुदूरपश्चिम अध्यक्ष ललित राज पन्त प्रमुख अतिथि रहनु भएको थियो । पत्रकार सम्मेलनमा नगर उपाध्यक्ष  धुर्ब सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन नगर सचिव लोकराज पन्तले  गर्नु भएको थियो । 

‘विद्यालयस्तरबाटै क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्नका लागि धनगढी उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयका टिमहरू बिच प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ प्रतियोगिता संयोजक शाहीले भने–‘ ‘धनगढीमा क्रिकेटको चहलपहल बढाउने, यहाँका क्रिकेट खेलप्रति उत्प्रेरित गराउने, सुदूरपश्चिमलाई खेलको माध्यमबाट देशभर चिनाउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितालाई विद्यालय स्तरीय उत्कृष्ट प्रतियोगिताका रूपमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको छ ।’ 

धनगढीको सङ्घीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहने भएको छ । सहभागी विद्यालयहरूमा एररिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल, शारदा विद्या निकेतन, ग्यालेक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ स्कुल रहेका छन् । 

यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योति इङ्लिस बोर्डिङ स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, थ्री स्टार बोर्डिङ स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालयले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

यस्तो छ खेल तालिका 

Tie-Sheets

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा