मेयर धनगढी प्याब्सन कप : स्टेपिङ, एरिस्टो, लिटल फ्लावर र पञ्चोदय अन्तिम चारमा

मेयर धनगढी प्याब्सन कपको सेमिफाइनल समीकरण पुरा
मेयर धनगढी प्याब्सन कपको सेमिफाइनल समीकरण पुरा
March 16, 6:27

धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा आज सम्पन्न दुई खेलमा जित निकाल्दै पञ्चोदय र लिटल फ्लावर पनि अन्तिम चारमा प्रवेश गरेका हुन् । स्टेपिङ र एरिस्टो भने यस अघि नै सेमिफाइनल पुगिसकेका टिम हुन् । 

आज सम्पन्न पहिले खेलमा लिटल फ्लावरले थ्री स्टारमाथि ७४ रनको सानदार जित निकाल्यो । टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको लिटल फ्लावरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको विशाल विजयी लक्ष पछ्याएको थ्री स्टारले १२.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो । उसका अविनाश विकले १६ र सार्थक सिंहले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । थ्री स्टारलाई सस्तैमा समेट्न लिटलका सार्थक बम र पुष्कर बडुले ३/३ तथा अनुराग सिंह र नरेन भट्टले समान २/२ विकेट लिए ।

त्यस अघि पहिलो इनिङमा लिटलका पारस ऐरले ३२, शैलेश केसीले ३०, नरेन भट्टले २७, दीपेश शाहुले अविजित १५ तथा रुपेश थापाले अविजित १४ रन बनाए । बलिङ तर्फ सचिन नेगी र पारस भट्टले समान २÷२ तथा किरण साहुले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच लिटलका सार्थक बम चुनिए । 

आजै सम्पन्न सेमिफाइनलको अन्तिम खेलमा पञ्चोदय माध्यमिक विद्यालयले शारदा माध्यमिक विद्यालयमाथि ५ विकेटको जित दर्ता गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनायो । १ सय ११ रनको विजयी लक्ष पछ्याएको पञ्चोदयले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टायो । उसका जीवन थलालले ३४, मदन शाह र सन्देश शाहले समान १५/१५ तथा तुलाराम ढाटले १४ र सुरेश ऐरले १० रन बनाए । त्यस अघि पहिलो इनिङमा शारदाका गौरव कार्कीले एक्लै ७१ रनको सानदार पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । उनले ७१ रन बनाउने क्रममा ६ छक्का र ४ चौका प्रहार गरेका थिए । उसका आयुश ऐरले २३ रन बनाए । खेलको प्लेयर अफ दी म्याच पञ्चोदयका जीवन चुनिए । 

अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा एरिस्टो र स्टेपिङ तथा दोस्रोमा लिटल र पञ्चोदय प्रतिस्पर्धा गर्नेछन् । 

धनगढी प्याब्सनको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा