vivo

बाजुरामा कांग्रेस कार्यकर्ताको कुकुरलाई लात हान्दा दुई पक्षिय झडप, प्रहरीद्धारा हवाइ फाएर

May 06, 1:58

बाजुरा २३ बैशाख  / बाजुरामा कांग्रेसका कार्यकर्ताको कुकुरलाई  समाजवादीका कार्याकर्ताले लात हान्दा दुई पक्षिय झडप भएको छ ।  जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।

एकिकृत समाजबादीका कार्यक्राताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले स‌रक्षण गरेकाे भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिएका छन ।  सो झडपमा एक जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार
डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा
सुदुरपश्चिममा नेपाली कांग्रेस अगाडी
धनगढी ५ जेठ /  स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म… विस्तृतमा
कलावती बनिन गोदावरीको पहिलो महिला वडाध्यक्ष
धनगढी ४ जेठ – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक वडाको नेतृत्वमा महिला पाएको छ । बुधबार सम्पन्न… विस्तृतमा