
प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

May 14, 4:47
धनगढी ३१ बैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।
कांग्रेसबाट निस्काशित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा