कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

May 31, 10:27

धनगढी, १७ जेठ /  कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। सोमबार जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना७ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से३प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन्। सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। त्यस्तै खड्कालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।

दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। बस चालक दैलेखको गुराँस गाउँपालिका–४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा