कैलाली उद्योग बाणिज्य संघ निर्वाचन, सर्बसम्मको प्रयास, नभए दुई प्यानल

June 03, 11:46

धनगढी, २० जेठ/कैलाली उद्योग बाणिज्य संघको चुनावी साधारणसभाले व्यबसायीहरु बिच नयाँ नेतृत्वका लागि बहस सुरु भएको छ । बर्तमान अध्यक्ष पुष्प कुँवर आफ्नो कार्यकालमा कोभिड भएकोले राम्रो संग काम गर्न नपाएको भन्दै फेरी दोहोरीने मुडमा रहेका छन् भने पुष्प कुवर संग पराजित भएका अध्यक्षका उम्मेदबार रुपेश स्वाँर पनि फेरी अध्यक्षको उम्मेदबार भई व्यबसयीको अधिकारको लागि लाग्ने बताउदै आएका छन् । स्वाँर बर्तमान कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्बसम्मत दोहोरिए आफु सहमतिको बाधन भने नहुने आफ्ना समुहमा छलफलमा छन् ।

तर, एक समुह भने बर्तामान अध्यक्ष पुष्प कुँवरलाई नदोहोरिन दिने दाउमा छन् । नयाँ नेतृत्वमा नै ल्याउने बसह चलाई रहेका छन् । अहिले धेरै व्यबसायीहरुले सदस्यता पनि नबिकरण नगराएको व्यबसायी बृतमा बहसको बिषय बनेको छ ।
‘यसपालि धेरै व्यबसायीहरुले सदस्यता नविकरण गरेका छैनन्’ कैलाली उद्योग बाणिज्य संघका सदस्य रुपेश खड्काले भने– ‘बिशुद्ध व्यबसायीहरुले मात्रै नविकरण गरेका छन् ।’ बर्तमान कार्यसमिति सर्बसम्मत बनाउन कति सफल हुन्छ त्यसमा भर पर्छ निर्वाचन हुने वा नहुने भन्नेमा सदस्य खड्काले बताए ।

उता अर्का अध्यक्ष उम्मेद्बारको चर्चामा रहेकका रुपेश स्वाँर पनि सर्ब सम्मतका लागि आफु बाधक नहुने बताउदै आएका छन् । पुर्ब अध्यक्ष र व्यबसायीका राजनीनितक नेतृत्वहरुले कस्तो भुमिका खोल्छन् त्यसमा भर पर्ने देखीएको एक व्यवसायीले बताए ।

कैलाली उद्योग बाणिज्य संघको पछिल्लो समयमा महत्व खस्दो अबस्थामा रहेको छ । १६ सय साधारण सदस्यता रहेको नयाँ नेतृत्वका लागि जेठ २२ गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ । सर्बसम्मतमा कार्यसमिति चयन भएन भने नयाँ नेतृत्वका लागि २८ गते निर्वाचन हुने बताईएको छ ।पहिले अध्यक्षमा पुष्प कुँवर र रुपेश स्वाँर छुट्टाछुट्टै दुई प्यानल निर्वाचन लडेको थियो । रुपेश स्वाँर पराजित भएका थिए । स्वाँर पराजित भएपनि आन्तरिक रुपमा आफ्नो व्यबसायीक राजनीतिक छोडेका थिएनन् । उनी व्यबसायी माझनै सकृय रहेका एक व्याबारीले बताए ।

अहिले सम्म पुर्ब अध्यक्षहरु टिम बनाउन आन्तरिकमा सकृय भएपनि खुलेरै कसैको पक्षमा नदेखीएको एक व्यापारीक नेता बताउछन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा