रेशमले कारागारबाटै लेखे कविता– दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

June 04, 11:28

धनगढी, २१ जेठ । टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीले न्याय माग्दै कविता लेखेका छन्। हाल काठमाडौँको डिल्लीबजार कारागारमा रहेका  निलम्बित प्रतिनिधिसभा सदस्य समेत उनले न्याय मागेका हुन्।

उनले लेखेको कविता उनकी पत्नी रन्जिता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्। उनको पती र छोरासँगैको फोटोसहित उक्त कविता पोष्ट गरेकी हुन्।  रेशम चौधरीको पार्टीले कैलालीमा प्रमुखमा अहिले सबै भन्दा धेरै पालिका जितेको छ। 


बैरीको बन्धनभित्र आफ्नैको घेरो कति खतरनाक ?
जेलभित्रको पनि जेलमा बसेर
मैले निर्णय गरेको छु
आफ्नो मुद्दा आफै लड्ने
समस्यासँग आफै भिड्ने
निर्दोषिताको संघर्षमा ७ साल बित्यो
अझै धेरै संघर्ष बाँकी छ
वार्ता होला, पौठेजोरी होला
शान्तिपूर्ण जनमतको वार्ता
विजय सुनिश्चित छ
जनता भिडेका बेला
शासक नहारेको इतिहास कहाँ छ र ?
जो जो चोर छन्, ठुलै स्वर छ उनको
समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको
अशान्ति बनाई राखे उनैले राज गर्छन्
उनैले जनता मार्छन्, उनै महाराज बन्छन्
श्रीमान् ! न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन ।
हालः डिल्लीबजार, कारागार

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा