रोपाई गर्दै गर्दा चट्याङ लागेर कञ्चनपुरका तीन जनको मृत्यु, एक घाइते 

रोपाई गर्दै गर्दा चट्याङ लागेर कञ्चनपुरका तीन जनको मृत्यु, एक घाइते 
रोपाई गर्दै गर्दा चट्याङ लागेर कञ्चनपुरका तीन जनको मृत्यु, एक घाइते 
June 28, 10:23

कैलाली - अविरल वर्षासँगै परेको चट्याङका कारण कैलाली कञ्चनपुरमा तीन जनको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा खेतमा काम गर्दै गरेका एक जनको र कैलालीको गोदावरी नगरपालिका–३ माला खेतीमा रोपाइँ गरिरहेका कञ्चनपुरको कृष्णपुरका एक जनाको मृत्यु भएको हो । 

चट्याङमा परि कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउन बजार प्रतिभा नगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको खेतमा काम गर्दै गर्दा चट्याङमा परि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । त्यस्तै पुनर्वास नगरपालिका–८ मा चट्याङ लागेर  सालिभान थापाकी श्रीमती शारदा थापाको मृत्यु भएको उनले बताए । खेतमा काम गर्दागर्दै चट्याङ लागेर मृत्यु भएको मल्लको भनाई छ ।

कैलालीको गोदावरी नगरपालिका–३ माला खेतीमा रहेको रेडियण्ट ग्यास कम्पनीको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने पुनराम चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक तीनै जनाको घटना मुचुल्का गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । यसै गरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा