काँग्रेस नेता जोशीको समन्वयमा मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण

काँग्रेस नेता जोशीको समन्वयमा मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण
काँग्रेस नेता जोशीको समन्वयमा मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण
July 13, 10:16

धनगढी २९ असार – कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई दुई थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो । एलआर आई स्कुल काठमाडौँका फाउन्डर यशोधरा पन्त द्वारा आफ्नो सासू आमा श्री राधा देवी पन्त तथा स्वर्गीय आमाबुवा पीताम्बर जानकी जोशीको नाममा ह्विलचियर प्रदान गरिएको हो ।

मसुरिया स्वास्थ्य चौकीमा अति असक्त बिरामी तथा गर्भवती सुत्केरी महिलालाई स्याहारसुसार गर्न ह्विलचियरको अभावसँगै समस्या परेको हुँदा गौरीगङ्गा नगरपालिका वडा नं–९ का निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारीको आग्रहलाई दाता समक्ष राखे पछि पन्तले स्व. आफन्तहरूको स्मृति सम्मानमा ह्विलचियर प्रदान गरेको जोशीले जानकारी दिए । ह्विलचियर मसुरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रकला पराजुली तथा स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा