कैलालीमा गुणस्तरहीन पाइएका खाद्य तथा दानाका ३६ नमूना कारवाहीमा, २७ उद्योगविरुद्ध मुद्धा
धनगढी - खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलालीमा खाद्य तथा दाना ऐन अनुरुप प्रतिकुल पाइएका ३६ नमूना कारवाही प्रकृया अघि बढेको बताएको छ। शुक्रबार कार्यालयले धनगढीमा आयोजना गरेको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रगतीसमिक्षा गोष्ठीमा सो नमुना कारवाही प्रकृया अघि बढेको जानकारी दिएको हो। यस्तै सो बार्षिक अवधीमा कार्यालयबाट खाद्य ऐन प्रतिकुल कार्य गर्ने बिरुद्ध २७ वटा नमुना जिल्ला प्रसाशन कार्यालय कैलालीमा मुद्धा दायर भएका छन् ।
धनगढी उपमहानगरपालिकाका ७, गोदावरी नगरपालिकाका ७, लम्कीचुहा नगरपालिकाका ५, टीकापुर नगरपालिकाका ३, कैलारी गाउँपालिका क्षेत्रका ३, घोडाघोडी र गौरीगंगा नगरपालिकाका १/१ उद्योगविरुद्ध मुद्दा परेको छ । जसमा धनगढीमा सञ्चालित वाउ मःम उद्योग धनगढी, फाष्ट फुड उद्योग धनगढी, थापा चाउमिन उद्योग धनगढीमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएको हो । यस्तै हरि बेकरी उद्योग, रोहित पाउरोटी उद्योग कैलारी, गोलादेउ फुड प्रोडक्ट्स गोदावरी, पाण्डेय फुड प्रोडक्ट्स गोदावरी, विशाल पाउरोटी, सदिक्षा फुड प्रोडक्ट्स लम्की विरुद्ध मुद्धा दायर भएको हो ।
यस्तै दाजुभाई बेकरी उद्योग गौरीगंगा, जयदुर्गा फुड प्रोडक्स घोडाघोडी, जयकाली फुड प्रोडक्स लम्की, आहाना चाउमिन उद्योग उद्योग गोदावरी, मंगलासैनी फुड्स प्रोडक्स टिकापुर १, महालक्ष्मी फुड्स प्रोडक्स र निर्मला फुड प्रोडक्स टिकापुर ५ को उद्योगबाट उत्पादन गर्ने मःम, क्रिम विस्कुट, खास्ता, चाउमिन, पाउरोटी, भिनेगर, सिन्धेटिक भिनेगर, क्यारामेल कलर, मिक्स भेजिटेवल टमेटो, भेजिटेवल चिल्लीचट्नी, चिल्लीसस्, रेडचिल्ली सस् लगायत खाद्य बस्तुमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएकोले मुद्धा दायर भएको कार्यालय प्रमुख नवराज दाहालले बताए । यस्तै कैलालीको बर्दगोरीया गाउँपालीका २ स्थीत आकाशगंगा वाटर एण्ड वेभेरेज इन्डस्ड्रिटको पानीको बोतलमा माकुरा भेटिएको सम्बन्धमा नमुना संकलन गरी नमुना उपर निरीक्षण र उद्योग उत्पादनमा शिलबन्दी गरिएको छ । भने सो बिषयमा अनुसन्धान र कार्बाही अघि बढेको उनले बताए ।यस्तै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक बर्ष २०७८/७९ मा कार्यालयले प्राप्त गरेको नमुना बिश्लेषण दस्तुर बापत २७ लाख ९० हजार १७० रुपैयाँ बराबरको राजस्व सँकलन गरेको जनाएको छ । खाद्य प्रबिधीले सो अवधीमा १३२ खाद्य उद्योग, ४ दाना उद्योग सिफारिस, ७५ नयाँ खाद्य उद्योग र १ नयाँ दाना उद्योगलाई अनुज्ञापत्र जारी गरिएको छ । भने २१९ खाद्य उद्योगको अनुज्ञापत्र नविकरण गरिएको छ । यस्तै संयुक्त टोली मार्फत १२ पटक र खाद्य निरीक्षक मार्फत ६० पटक खाद्य बजारहरुको अनुगमन तथा २४ पटक होटल रेस्टुरेण्ट अनुगमन गरिएको कार्यालयले जनाएको छ। यस्तै ४३९ वटा खाद्य तथा दाना उद्योगहरुको अनुगमन कार्य गरेको छ । खाद्य बजार तथा होटल रेस्टुरेण्ट अनुगमनमा ४० ब्यवसायहरुबाट अखाद्य बस्तु जफत गरी नस्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बताएका छन् । जसमा तेडी किराना पसल धनगढी ३ कैलाली, कविता किराना स्टोर्स धनगढी २ कैलाली, डि वी ट्रेड एण्ड सप्लायर्स धनगढी २ कैलाली , जय गणपती स्टोर्स धनगढी ४, न्यु जयलक्ष्मी पसल गोदावरी १ कैलाली , न्यु कलापतेश्वर स्टोर्स गोदावरी १, चौधरी सपिंग सेन्टर धनगढी , कुश्माईती ट्रेड कन्सर्न धनगढी ५ कैलाली, सत्कार मिनीमार्ट धनगढी ५ कैलाली, दिपेन्द्र जनरल स्टोर्स धनगढी, बैलनाथ ट्रेडर्स धनगढी, केदार फ्रेस खाद्य खरिद बिक्री स्टोर्स धनगढी ७, महलिंग किराना पसल धनगढी कैलाली, विमल मल्ल किराना पसल धनगढी कैलाली, गौतम किरण पसल धनगढी, सफल सप्लायर्स धनगढी, डोटी जोरायल किराना पसल, पुजासा पुस्पा किराना पसल, शाही ट्रेड एण्ड सप्लायर्स, गणेश माछा मासु पसल, सपना नास्ता पसल भिमदत्त, एक एस किराना पसल भिमदत्त, भानु किराना पसल भिमदत्त, निएर सपिङ्ग सेन्टर लम्किचुहा १ कैलाली,मि मिट एण्ड इट, जे पि आर ट्रेडर्स एण्ड सप्लायर्स लम्की चुहा १ कैलाली, कमला तरकारी फलफुल तथा किराना पसल लम्की, देगाली होटल एण्ट खाजा घर लम्की, विशाल अर्जुन सप्लायर्स लम्की , न्यु रोयल ट्रेड एण्ड सप्लायर्स लम्की, मटेरा थारु होटल लम्की, मौनी ट्रेड सप्लायर्स लम्की, संजेल खाजा एण्ड खाना होटल लम्की, सिमरन होटल लम्की, लक्ष्मी फलफुल तथा तरकारी पसल लम्की, देवकोटा जनरल एण्ड फ्रुट सेन्टर लम्की, जय श्री बढीमालिका मिष्ठान्न भण्डार, लम्की न्यु बनाना क्याफे एण्ड होटल लम्की र डिपी ट्रेडर्स लम्कीको अनुगमन गरिएको हो । जसबाट भुजा चकलेट, मसला, अचार, पापड, बदाम, रसवरी, पेप्सी, अरहर दाल, नरिवल, हर्लिक्स, तामा अचार, गुलाब जामुन, चिउरा, बेसन, सुजि, स्नाक्स, चिउरा, हाजमोला, ग्लुकोज, बियर, चिसो पेय पदार्थ, चाउचाउ, काचो मासु, चाउमिन, सस लगायत बरामत गरि नष्ट गरिएको छ ।यस्तै सुदुरपश्चिमका ९ जिल्लाबाट संकलन हुन आएका खाद्य तथा दाना नमुनाहरुको बिश्लेषण सेवा दिदै आएको कार्यालयमा आर्थिक बर्ष २०७८/७९ मा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नविकरणका लागी १ हजार ४२ नमुना संकलन भएका छन् । अनुरोध भई आएका ५१, ऐन बमोजिम संकलित ५६९, अनुसन्धानात्मक १५९ गरी १ हजार ८२३ वटा नमुना बिश्लेषण गरिएको छ । यस्तै ४ पटक दुग्ध तथा प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृद्र्धिका लागी सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । यस्तै नयाँ कार्यक्रम अन्तरगत सडक पेटीमा बिक्री गरिने खाद्य पदार्थ स्ट्र«ीट फुट स्वच्छता अभिबृद्र्धी कार्यक्रम १ पटक गरिएको छ ।
यस्तै होटल स्तरीकरण कार्यक्रम अन्तरगत कञ्चनपुरको महेन्द्रनगरमा रहेका १३ वटा होटल तथा रेष्टुरेण्टहरुको खाद्य स्वच्छताको आधारमा स्तरिकरण गरिएको छ । जसमध्ये अति उत्तम हरियोमा ३ तारा शुन्य, उत्तम हरियोमा २ तारा २ वटा, सन्तोषजनक हरियोमा एक तारा ७ वटा, सामान्य पहेलो स्टीकर २ वटा रहेका छन् । भने स्तरीकरणमा नपरेका २ वटा रहेका छन् ।यस्तै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षण ५ हजार ८० को नमुनाहरुको बिश्लेषण गरेको जनाएको छ। साथै कार्तिक १ गतेदेखी कैलाली र कञ्चनपुरका भन्सार कार्यालयबाट उक्त नमुनाहरुको बिश्लेषण प्रतिबेदन सम्बन्धित भन्सार कार्यालयहरुलाई उपलब्ध गराउँदै आइएको जनाइएको छ । यस्तै कार्यालयले उपभोक्ताहरुमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सुचना प्रसार सचेतना, चाडबाडमा खाद्यबस्तु खरिद तथा उपभोग गर्दा ध्यान दिनुपर्ने कुरा, गर्मीमा हुनसक्ने फडु पोइजन,काट बच्ने उपाय, होटल तथा रेस्टुरेण्टमा खाना खादा अपनाउनुपर्ने सावधानी बारेमा जानकारी सुचना प्रदान गरिएको छ ।