डोटेली कान्छा सहित ७ वटै प्रदेशका स्रष्टा सम्मानित 

डोटेली कान्छा सहित ७ वटै प्रदेशका स्रष्टा सम्मानित 
डोटेली कान्छा सहित ७ वटै प्रदेशका स्रष्टा सम्मानित 
July 28, 8:35

धनगढी १२ श्रावण – नेपाल सांस्कृतिक सङ्घले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा) सहित ७ वटै प्रदेशका विभिन्न स्रष्टालाई बालुवाटारमा नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गर्नु भएको छ ।

नेपाली काङ्ग्रेसको शुभेच्छुक भातृ सङ्घ नेपाल सांस्कृतिक सङ्घ केन्द्रीय समितिले पार्टीका निमित्त अहोरात्र खटिनु हुने पार्टीका हरेक रचनात्मक क्रियाकलापमा संलग्न रही २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन खटिनु हुने  देशका ७ वटै प्रदेश बाट १÷१  जनाका दरले विभिन्न  स्रष्टाहरूलाई छनौट गरी बिहीबार सम्मानित गरेको छ । सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट  जीवनाथ चौधरी, बाग्मती प्रदेशबाट राजेन्द्र खत्री लगायत एक दर्जन स्रष्टालाई बिहीबार बालुवाटारमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।

स्रष्टा सम्मान कार्यक्रमको सभापतित्व नेपाल सांस्कृतिक सङ्घका सभापति तीर्थ थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महामन्त्री शिवशङ्कर रिजाल (जोगिन्दर पानवाला) ले गर्नु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा