सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,सबैभन्दा कम बझाङमा

सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,सबैभन्दा कम बझाङमा
सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,सबैभन्दा कम बझाङमा
July 28, 9:07

धनगढी, १२ साउन - सुदूरपश्चिम प्रदेशमा हालसम्म ७९ प्रतिशतले कोभिड–१९ विरूद्दको पूर्ण मात्राको खोप लगाएका छन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको खोप सम्बन्धि सञ्चारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रदेशमा कोभिड–१९ विरूद्दको पहिलो मात्रा ८३ प्रतिशतले लगाएका छन भने ३३ प्रतिशतले थप मात्रा लगाएका छन ।कञ्चनपुर जिल्लामा सबैभन्दा बढी ८७ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन भने सबैभन्दा कम बझाङमा लगाएका छन ।

कञ्चनपुरमा पहिलो मात्रा ९१ प्रतिशत र थप मात्रा ३२ प्रतिशतले लगाएका छन । बझाङमा ६५ प्रतिशतले पहिलो र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन ।

बाजुरा जिल्लामा सबैभन्दा बढीले पहिलो मात्राको खोप लगाएका छन । १०८ प्रतिशतले कोभिड–१९ विरूद्दको पहिलो मात्रामा खोप लगाएका छन । पूर्ण मात्रा ८६ प्रतिशतले लगाएका छन भने २२ प्रतिशतले थप मात्रा खोप लगाएका छन ।

दार्चुलामा ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८२ प्रतिशतले पहिलो मात्रा एवम् ३० प्रतिशतले थप मात्रा लगाएका छन् ।बैतडीमा पनि ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

डडेल्धुरामा ८४ प्रतिशत पूर्ण, ८२ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।डोटीमा ७८ प्रशिशतले पूर्ण, ७१ प्रतिशतले पहिलो र ३३ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

अछाममा ६५ प्रतिशतले पूर्ण, ५९ प्रतिशतले पहिलो र ३१ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा ७९ प्रतिशतले पूर्ण, ८६ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले थप मात्रा लगाएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा