भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई प्रहरीले ३ घण्टा जहाज रोकेर पक्राउ गर्‍यो

भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई प्रहरीले ३ घण्टा जहाज रोकेर पक्राउ गर्‍यो
भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई प्रहरीले ३ घण्टा जहाज रोकेर पक्राउ गर्‍यो
August 03, 8:46

धनगढी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट उनीहरू पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति सन्तोष लामिछाने र उनकी पत्नी मिना लामिछानेलाई पक्राउ गरिएको हो । बुधवार दिउँसो शङ्कास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमान प्रहरीले रोकेको थियो । उनीहरूले गर्ने कारोबारमाथि शङ्का लागेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ।  धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

उनीहरू सुनचाँदी व्यवसायीहरूको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा मुम्बई जान लागेको कुरा जानकारी गराएको थियो । जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले भारतबाट सुन चोरेर बिक्री गर्ने गरेको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको थियो । उनीहरूलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली कैलालीमा नै खटिएको थियो । उनीहरूमाथि सुन चोरीको आरोप लागेको खुलेको छ ।

दिउँसो १ः१५ मा नेपाल एयरलाइन्सको जहाज उड्दै थियो । तर, उक्त जहाज एकाएक रोकियो।  शङ्कास्पद व्यक्ति रहेको सूचना आएपछि जहाज प्रहरीले नियन्त्रणमा लियो र एक जना पक्राउ परे । पक्राउ पर्ने धनगढीका सन्तोष लामिछाने भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट सूचना आएपछि विशेष ब्युरोसहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो । रोकिएको जहाजबाट सन्तोषलाई नियन्त्रणमा लिएको हो । उनीसँगै भारत जान लागेकी उनकी श्रीमतीलाई समेत प्रहरीले विमानबाट ओरालेको थियो ।

लामिछानेलाई सुन चोरीको आरोप लागेको प्रहरीले जनाएको छ । धनगढीमा उनको सुनचाँदीको व्यवसाय छ । उनी भारतबाट चोरी गरेर नेपाल ल्याएको सुनचाँदीहरू किन्ने गरेको प्रहरीको दाबी छ ।

‘भारतबाट चोरी गरेर ल्याएको सुन किन्ने र बेच्ने गरेको खुलेको छ । त्यही आधारमा नियन्त्रणमा लिएको हो,’ जिल्ला प्रहरी कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौंरले भने ।

 

जहाजमा जाँच चलेपछि उडान तीन घण्टा ‘डिले’ भएको थियो । मुम्बई उडानका लागि तयार जहाजमा लामिछाने चढेको जानकारी प्रहरीबाट आएपछि उडान ‘डिले’ भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् ।

उनका अनुसार बुधवार निगमको न्यारोबडी जहाजमा आज एक सय २७ जना यात्रु मुम्बई जाने तालिका रहेको थियो । यी मध्ये लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएपछि जहाज मुम्बईतर्फ उडेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा