खेलाडीको प्रोत्साहनका लागि आदर्श–१ का वडाध्यक्ष खड्काले ३० हजार सहयोग गर्ने

खेलाडीको प्रोत्साहनका लागि आदर्श–१ का वडाध्यक्ष खड्काले ३० हजार सहयोग गर्ने
खेलाडीको प्रोत्साहनका लागि आदर्श–१ का वडाध्यक्ष खड्काले ३० हजार सहयोग गर्ने
October 01, 9:24

डोटी - डोटीको आदर्श गाउँपालिका–१ का वडाध्यक्ष भरतबहादुर खड्काले भलिबल खेलाडीलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । डोटीलाई लगातार दुई वटा प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि जिताउन महत्त्वपूर्ण भूमिकामा रहेका खेलाडी जनक खड्का लाई ३० हजार आर्थिक सहयोग गर्ने वडाध्यक्ष खड्काले घोषणा गर्नु भएको हो । 

जनक खड्काको कप्तानीमा गत वर्ष धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय भलिबल प्रतियोगितामा डोटीले २५ वर्ष लामो उपाधि खडेरी तोड्दै प्रथम स्थान हासिल गरेको थियो । पोखरामा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदूरपश्चिम छनौटमा पनि डोटीले स्वर्ण जित्दा उनी नै मुख्य भूमिकामा थिए । प्रादेशिक छनौटमा पहिलो रोजाइमै परेका खड्का सुदूरपश्चिमको कप्तानी सम्हाल्दै नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बन्ने छन् । 

उनको आर्थिक सहयोगका लागि प्रादेशिक छनौटमा उपाधि जितेको सम्मान तथा प्रोत्साहनका स्वरूप वडाध्यक्ष खड्काले आर्थिक सहयोगको घोषणा गरेका हुन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा