जानकी गाउँपालिका सांस्कृतिक महासंघ अधिबेशन सम्पन्न, अध्यक्षमा खनाल
नेपाल सांस्कृतिक महासङ्घ जानकी गाउँपालिकाको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस जानकी गाउँपालिका सभापति गणेशराज रेग्मीको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं नेपाल सांस्कृतिक महासङ्घ केन्द्रीय उपसभापति सुरत रावत ९डोटेली कान्छा० ले गर्नु भएको थियो ।
अधिवेशन समारोहमा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश प्रतिनिधि भक्त बि।क। नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य नमराज उपाध्याय , नेपाल सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य प्रेम विवश चन्द , नेपाली काङ्ग्रेस जानकी गाउँपालिका सह(सचिव भीम थारु लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रथम अधिवेशनबाट नेपाल सांस्कृतिक महासङ्घ जानकी गाउँपालिका अध्यक्षमा सरिता खनाल ,उपाध्यक्षमा सुनिता चौधरी दहित ,सचिवमा निरु सुनार चयन हुनु भएको छ । त्यस्तै सदस्यमा अविनाश थापामगर,रोहित टमटा,विनय कठरिया,मान बहादुर सलामी,आशा चौधरी र खडकबहादुर चौधरी चयन हुनु भएको छ ।