धनगढीका ५ वटा व्यापारिक फर्म कार्वाहीमा, दर्ता एउटा कारोवार अर्कोबाट

August 23, 6:39

धनगढी,०६ भदौ । धनगढी उपमहानगरपालिकाका पाँच वटा व्यापारिक फर्म कार्वाहीमा परेका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ र १६ मा गरिएको अनुगमनका क्रममा अबैध कारोवार गर्ने पाँच वटा व्यापारिक फर्म कार्वाहीमा परेका हुन्।

बजार अनुगमन टोलीले मंगलबार गरेको अनुमनमा वडा नम्बर १६ कै सबै व्यापारिक फर्महरु जरिवानामा परेका हुन्। टोलीले बेहडा बाबा एग्रो सेन्टर दर्ता गरेर स्टेशनरी सामान, फलफुललगायतका सामग्री राखेको र यसअघि सम्झाईबुझाई गर्दा पनि अटेर गरेको पाइएपछि उक्त फर्म कार्वाहीमा परेको छ। उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले उक्त फर्मलाई पहिलोपटकका लागि न्युनमत १ हजार जरिवाना गरिएको बताए।

यस्तै सोही ठाउँको बेहडा बाबा क्लिनिकलाई दोस्रोपटकको अनुगमनका क्रममा जरिवाना गराइएको छ। यसअघिको अनुगमनमा क्रममा टोलीले औषधि विक्रीवितरणका लागि अनुमति लिन भन्दै सम्झाई बुझाई गरेको थियो। अनुमति विना औषधि विक्रीवितरण गरेको भन्दै एक हजार रुपैयाँ जरिवाना गराइएको छ। क्लिनिक मात्रै दर्ता गरेर औषधि विक्रीवितरण गर्न नपाइने व्यवस्था अनुसार उक्त क्लिनिकलाई जरिवाना गराएर छोडिएको र अब उपरान्त अनुमति नलिएको पाइए कानून अनुसार कारबाही गरिने बताइएको छ। उनले औषधि विक्री वितरणका लागि औषधि व्यवस्था विभागबाट अनुमतिसहित फार्मेसी पढेको जनशक्ति हुनुपर्ने बताए।

दक्षिण रामपुरस्थित चन्द किराना पसलले दर्ता नगरेको, किराना पसलका नाममा रक्सी पनि बेच्ने गरेको र म्याद गुज्रेको सामान पाइएको छ। पछि जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ। चन्द किराना पसललाई पनि एक हजार रुपैयाँ जरिवाना गराइएको छ । पूर्व रामपुरस्थित लक्ष्मी किराना पसल र रमेश पशुपति किराना पसल दुबैले अनुमति बिना होटल सञ्चालन गरेर रक्सी बेच्ने गरेको पाइएको छ। उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले पहिलो पटकका लागि न्युनतम एक हजार रुपैयाँ जरिवाना गराइएको बताए।

नियम विपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलोपटकका लागि १ हजार रुपैयाँ जरिवाना गराएर सम्झाई बुझाई गर्ने र अर्कोपटक पनि सोही गल्ती दोहोराएर कानून अनुसार थप कारवाही गरिने उनले बताए। अनुगमन टोलीले विभिन्न २० वटा व्यापारिक फर्ममा अनुगमन गरेको हो। टोलीले हार्डवयर, होटल, किराना पसललगायतमा अनुगमन गरेको हो। उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वको बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय,सुरक्षाकर्मीलगायतको सहभागिता थियो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा