धनगढीका मनकारी मेयर हमालले एक बर्षको तलब गरे बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण
धनगढी०७ भदौ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई शैक्षिक साग्रगी हस्तान्तरण गरेका छन् ।
आज (बिहीबार) मेयर हमालले आफ्नो एक वर्षको आफ्नो तलब सुविधा र त्यसमा केही रकम आफुले थप गरेर ९ लाख रुपैयाँ बराबरका शैक्षिक सामाग्री वितरण सम्बन्धित बिद्यालयका प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरेका हुन् ।
१७ ओटै बिद्यालयका बिद्यार्थीहरुका लागि मेयर हमालले प्रति बिद्यार्थी ६/६ ओटा कपि, ४/४ ओटा पेन्सिल, २/२ ओटा कटर र २/२ ओटा ईरेजरका दरले ३ हजार ४ सय ८९ बिद्याथीहरुका लागि २० हजार ९ सय ३४ पिस कपि, १३ हजार९ सय ५६ पिस पेन्सील, ६ हजार ९ सय ७८ पिस कटर र ६ हजार ९ सय ७८ पिस ईरेजर हस्तान्तरण गरेका छन् ।
उपमहानगरको वडा नम्बर १ शान्तिनगरको सरस्वती आ।बि मा अध्ययनरत ३४२ जना बिद्यार्थीका लागि हस्तान्तण गरिएको छ । क्रमशः वडा नम्बर १३ श्रीलंका स्थित नवज्याती आबिका ३सय ३५ जना, वडा नम्बर १३ राजपुरको जनाता राष्टिय माबिका ७४ जना, वडा नम्बर ६ मटियारीको भैरबबाबा आबिका १ सय २६ जना, वडा नम्बर ९ बंगराकटानको सरस्वती आबिका १ सय ६५ जना, वडा नम्बर ७ देवरियाको शिव माबिका २ सय ८ जना, वडा नम्बर १७ पथरीको भानु माबिका ४ सय ७ जना, वडा नम्बर १७ कै दमौलियाको सज्जन आबिका २ सय ७५ जना, वडा नम्बर १६ भादाको दिपेन्द्र चारपाते माबिका ८४ जना, वडा नम्बर १४ फुलबारीको शिवशंकर आबिका ६७ जना, वडा नम्बर १४ कै एच गाउँको सिद्धार्थ आबिका १ सय ४७ जना, वडा नम्बर १८ एफ गाउँको खप्तडी आबिका ३८ जना, वडा नम्बर १८ कै ई गाउँको ईन्द्रोदय आबिका १ सय ८७ जना, वडा नम्बर १९ फुलबारीको फुलबारी आबिका ३ सय ४३ जना, वडा नम्बर १२ दुर्गाबस्तीको नवदुर्गा आबिका १ सय ३६ जना, र वडा नम्बर १० जुगेडाको जनकल्याण माबिका ३ सय १८ जना बिद्यार्थीहरुका लागि हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै हमालले बिद्यार्थीहरुको हौसला, गुणस्तरिय पढाई र राम्रा नतिजा प्राप्तिका लागि उक्त सामग्राी हस्तान्तरण गरेको बताए । उनले भने—“यहाँका सरकारी बिद्यालयका बिद्यार्थीहरुको पढाई राम्रो हुनुपर्यो । पढाउनलाई हामी जनप्रतिनित्री गएर पढाउने होईन यसकारण शिक्षकहरुले पनि बिषेश ध्यान दिनुपर्यो । गरिब, दलित तथा जेहन्दार बिद्यार्थीहरुलाई उचित छात्रबृतीको समेत ब्यवस्था गर्छौँ”।
आउदो असोज १ गतेबाट उपमहानगरले उत्कृष्ट बिद्यालउलाई उचित पुरस्कारको समेत ब्यवस्था गर्ने पनि मेयर हमालले बताए । उनले प्रत्तेक वडाको एक बिद्यालयलाई नमुना बनाईने बताए ।
मेयर हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत लगानीमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बिभिन्न बिद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक, जनप्रतिनिधी र पत्रकारहरुको उपीसथती रहेको थियो ।