देउवा निवासमा झल्कियो सामाजिक सद्भाव, डेउडामा झुमे सबै

August 24, 3:04

धनगढी,०७ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासमा सामाजिक सद्भाव झल्किने गरी गौरा पर्व मनाइएको छ। मंगलबारका दिन गौराको प्रतिमूर्ति भित्र्याइएको देउवा निवासमा बिहीबारका दिन भने धुमधामका साथ गौराको पूजा गरिएको हो।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा। आरजु राणा देउवाले बिहीबार बिहान धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गरेकी हुन्। जहाँ हरेक वर्ग समुदायका महिलाहरूको सहभागिता रहेको थियो।

गौरामा थारु समुदायको उपस्तिथिले सामाजिक सद्भाव थप झल्किएको हो। थारु समुदाय महिलाहरू पनि डेउडा झुमेका थिए। उनीहरूले आफ्नै पहिरन लगाएर डेउडा खेलेका थिए।

प्रतिनिधिसभा सदस्य आरजुले पनि डेउडा खेलेकी थिइन्। डेउडामा सुदूरपश्‍चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री गीतादेवी माल पनि सहभागी थिइन्। धनगढी उत्तरबेहडीस्थित देउवा निवासमा महिला–पुरुष सबैले डेउडा खेलेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा