दार्चुलामा तीन दिन सार्वजनिक बिदा

August 28, 8:48

दार्चुला ,११ भदौ । सुर्मा भवानी मन्दिर जात्राको अवसरमा दार्चुलाको अपिहिमाल गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिएको छ। सोमवारदेखि आउँदो बुधवारसम्म पालिकाभरीका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको हो ।  

पालिकाले एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको जात्रा शनिवारदेखि विधिवत रुपमा शुरु भएको छ । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ ।

बझाङका सिकारीले लखेट्दा सुर्मा भवानी सुर्मा तालमा बिलय भएको मान्यता रहिआएको छ । सुर्मा तालमा अपि हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुहरूले पूजा गर्ने चलन रहेको स्थानीय कमलसिंह धामीले बताए । 

सुर्मा सरोवर तीर्थ जाने व्रतालु भक्तहरूलाई बिरे भनिन्छ । बिरे दुई प्रकारका हुन्छन् । पहिलो पटक सुर्मा सरोवर तीर्थ जानेलाई बालो बिरे र पटक–पटक गएकालाई बुढो बिरे भन्ने चलन रही आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा