कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु 

September 08, 9:06

कञ्चनपुर,२२ भदौ । कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका(७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अन्सारीलाई क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा साँझ मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा