कञ्चनपुरमा प्रेमी संगै प्रेमीकाले गरिन देहत्याग

September 30, 11:58

महेन्द्रनगर ।  कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-८ धामी टोल स्थायी घर भएर भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने अन्दाजी १८ वर्षीया हेमा खड्का मृत फेला परेकी हुन्। 

कोठा भाडामा लिएर पढ्न एक्लै महेन्द्रनगर भगतपुरको बन्देबी टोलमा बस्दै आएकी हेमा हिजो (शुक्रबार) आफू बस्ने कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

मृत फेला  पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्।

घटनाबारे थप बुझ्दा युवक जिल्लाको वेदकोट नगरपालिका स्थायी घर भएका खगेन्द्र जाग्री रहेको खुलेको छ । जाग्री विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका थिए । हिजो बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। 

यसबारेमा थप बुझ्दा हेमा र खगेन्द्रबिच प्रेम सम्बन्धमा रहेका खुलेको छ । यसबारेमा थप बुझ्दा हेमा र खगेन्द्रबिच प्रेम सम्बन्धमा रहेका खुलेको छ । जाग्रीको मृत्युलगत्तै उनले पनि सामाजिक सञ्जालमा फोटोसँगै स्टाटस राखी देहत्याग गर्दा दुवै जना प्रेममा खुलेको हो । 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पछिल्लोसमय सुदूरपश्चिममा यस्ता घटनाहरु बढ्दै गएको प्रहरी तथ्यांक देखाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा