कञ्चनपुरमा दाैड प्रतियोगिता सम्पन्न

October 15, 1:21

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा दौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्लाफाँटा ब्ल्याक बक्स(कृष्णसार फाउण्डेशन)को आयोजनामा शनिवार दौड प्रतियोगिता सम्पन्न भएको हो । नगरभित्रका १४ वटा विद्यालयले दौड प्रतियोगितामा सहभागिता जनाएका थिए ।

सहभागि विद्यालयहरुबाट ३१ छात्र तथा  १८ छात्रा गरी ४९ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । ३ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरका अविनाश विष्ट प्रथम भएका छन् ।

धर्म जनता माध्यमिक विद्यालयकै मुकेश जाग्री दोश्रो हुँदा सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहका बरुणदत्त राना तेश्रो भएका छन् । ३ किलोमिटर दौडमा छात्रा तर्फ पनि धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरकै रचिता दमाई प्रथम भएकी छन् ।

बैजनाथ माध्यमिक विद्यालय कसरोलकी हेमन्ती भाँट दोश्रो हुँदा धर्मजनता माध्यमिक विद्यालयकी जानकी दमाई तेश्रो भएकी छन् । शुक्लाफाँटा ब्ल्याक बक्सका अध्यक्ष विवेक रावलले बताए । कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथमिकता दिएर काम गरिरहेको बताए ।

नगर उपप्रमुख कल्पना जोशी पन्तले पनि खेलकुदलाई प्राथमिकता दिएर आफुहरुले काम गरिरहेको बताउँदै नगरबाट आवश्यक सहयोग सधै रहने बताइन् । नगर प्रमुख महरा,उपप्रमुख पन्त सहित शिक्षक,पत्रकार,लगायतको सहभागिता रहेको थियो ।
 
चन्द्रसुर्य माध्यमिक विद्यालय ऐकेडेमिक सहयोगीका रुपमा फाउण्डेशनले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा