kagendra

कञ्चनपुरमा विभिन्न मुद्दामा फरार तीन प्रतिवादी पक्राउ

October 30, 11:01

कञ्चनपुर। कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतबाट कैद र जरिवानाको सजाय पाइ फरार रहेका ३ जना प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

जिल्लाको भीमदत्त नगरपालिका–५ का पंकज चन्द पक्राउ परेका छन्। उनलाई अदालतले लागुऔषध मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका–९ का लखन रावल पक्राउ परेका छन्। रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो। चनद पनि सोहि दिनबाटै फरार रहेका थिए।

यस्तै चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका–४ का युवराज शाहु आइतवार पक्राउ परेका छन्। शाहुलाई अदालतले ९ महिना कैदको सजाए सुनाएको थियो। तीनै जनालाई आज अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी प्रकाश डाँगीले बताए।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा