दीपेन्द्रले यूएईविरुद्ध खेल्ने

November 03, 10:44

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेल्ने भएका छन्। 

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। यूएईविरुद्ध दीपेन्द्रले स्थान बनाउँदा सन्दीप जोरा भने बाहिरिएका छन्। 

यसअघि छनोटको पहिलो खेलमा सिंगापुरसँगको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टामा ट्विस्ट भएपछि घुँडामा चोट लागेको थियो। 

जसका कारण उनले यसअघि करिब डेढ महिना मैदान बाहिर रहने बताए पनि सेमिफाइनल खेल्न लागेका हुन्। 

समूह चरणअन्तर्गत ओमानविरुद्धको खेलअघि दीपेन्द्र अभ्यासमा जुटेका थिए। चोटकै कारण दीपेन्द्रले समूह चरणका सबै खेल गुमाएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा