ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया

November 09, 10:31

टीकापुर । टीकापुर अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया सेवा र कल्चर सेवा सुरु भएको छ । टीकापुर नगरपालिका–२ की रमिता चौधरीको पित्तथैलीको पत्थरीको पहिलो शल्यक्रिया भएको छ । ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएपछि बिरामीलाई हुने दुखाइ, घाउको आकार घटाएको र बिरामीको अस्पताल बसाइ छोट्याएको छ । धेरै मोटो शरीर भएका बिरामीका लागि यो प्रविधि सजिलो भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट नवीनचन्द्र भट्टले बताउनुभयो ।  उहाँले भन्नुभयो, “अपरेसन सफल भइसकेकाले अब तिहारपछि बिरामीको पित्तथैली, एपेन्डिक्स, सिस्ट र पेटभित्र गोलीका छर्रा जस्ता बाहिरी वस्तु निकाल्न ल्याप्रोस्कोपी गरिने छ ।”

यस्तै रोगको पहिचानका लागि आवश्यक कल्चर गर्न पनि धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । यसको रिपोर्ट पनि तीनदेखि पाँच दिनपछि मात्रै आउने भएकाले निकै समस्या थियो । 

अनुमानका भरमा एन्टिबायोटिक खुवाउने, केही दिन खाएर ठिक नभए थप्ने वा अर्को एन्टिबायोटिक परिवर्तन गर्ने अवस्था रहेको छ, गलत परे साइड इफेक्ट हुन सक्थ्यो अब टीकापुर अस्पतालमै कल्चर सेवा सुरु भयो, अस्पतालमा ल्याब टेक्नोलोजिस्ट गणेशबहादुर ऐरले भन्नुभयो । 

बिरामीलाई उपचारका लागि एन्टिबायोटिक चलाउनुअघि बिरामीको अवस्था थाहा पाउन रगत, दिसा पिसाबको कल्चर गर्नुपर्ने हुन्छ । जाँच नगरी खाएमा एन्टिबायोटिक गलत परेमा जोखिम हुन सक्छ ।  अब कल्चर गरेर कुन कुन बिरामीले कुन एन्टिबायोटिक खाने भन्ने निश्चित गरिदिने भएकाले बिरामीले सही एन्टिबायोटिक पाउने, समयमै रोग नियन्त्रण हुने टेक्नोलोजिस्ट ऐर बताउनुहुन्छ । 

 साधनस्रोत र सेवा विस्तार हुँदै जाँदा स्थानीयस्तरमै सेवा पाएकोमा खुसी लागेको जानकी गाउँपालिका–२ का स्थानीय रतललाल चौधरी बताउनुहुन्छ । पत्थरी भएमा पेट चिरेर निकाल्ने सेवाभन्दा पेट नचिरी दुरबिनको सहायताले गरिने ल्याप्रोस्कोपी सेवा लिनेको सङ्ख्या बढ्ने देखिन्छ ।  यी दुवै सेवा लिन बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी बताउनुहुन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा