सुदूरपश्चिममा आज भुवा पर्व बिदा 

January 11, 11:42

धनगढी  ।  सुदूरपश्चिम प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमवासीको मौलिक पर्व भूवाका अवसरमा सार्वजनिक बिदा दिइएको हो । यस प्रदेशमा भुवा पर्व धुमधामका साथ मनाउने प्रचलन छ ।

भुवा पर्व सुदूरपश्चिममा दशैंतिहारपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गरिएको छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ ।  

महिनाको चतुर्दशी तथा औंसीको अघिल्लो रातबाट दाउराका मुडा बालेर भुवा पर्व सुरु गरिन्छ । भुवा पर्वलाई भस्सो पनि भन्ने चलन छ । दौरा सुरुवालमा सजिएर हातमा ढाल तरबार लिएर दमाहाको बाजामा भुवा खेल खेलिन्छ । यस अवसरमा गाउँभरिका मान्छे एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राति धुनी जगाउन काठका ठूला ठूला मुडा बाल्ने चलन छ ।

विशेषगरी बाजुरामा मनाइने भुवा पर्व पछिल्ला वर्षमा प्रदेश राजधानी धनगढीमा पनि मनाइँदै आएको छ । यस वर्ष बाजुरेली सेवा समाजले बिहीबारदेखि धनगढीमा प्रतियोगितात्मक भुवा चाली खेलको पनि आयोजना गर्न लागेको समितिका सचिव भरत केसीले बताए । ‘भुवा पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न तीन दिने प्रतियोगितात्मक खेलको आयोजना गरेका हौं,’ केसीले भने ‘भुवा पर्वलाई धुमधामसँग मनाउन धनगढीस्थित कभर्डहलमा देउडासहितका विभिन्न कार्यक्रम राखेका छौं ।’

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा