सिमसार क्षेत्रमा पाइने जलपन्क्षीहरुको गणना सुरु

घोडाघोडी तालमा शनिबार बाईनाकुलरको माध्यमबाट जलपन्क्षी गणना गर्दै संरक्षणकर्मी । तस्बिर : चाँदनी आचार्य
घोडाघोडी तालमा शनिबार बाईनाकुलरको माध्यमबाट जलपन्क्षी गणना गर्दै संरक्षणकर्मी । तस्बिर : चाँदनी आचार्य
January 13, 7:16

कैलाली। विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुको गणना सुरु भएको छ । नेपाल पन्क्षी संरक्षण सङ्घ, चरा संरक्षण नेटवर्क, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली शनिबारदेखि यस वर्षको जलपन्क्षी गणनामा खटिएको हो ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी र नेपाल पन्क्षी संरक्षण सङ्घका फिल्ड म्यानेजर हिरुलाल डंगौराको नेतृत्वमा दुई वटा समूहले घोडाघोडी ताल, नकरोड ताल लगायत सिमसार क्षेत्रमा रहेका तालतलैयामा जलपन्क्षी गणना कार्य सुरु भएको छ ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले भन्नुभयो, “पहिला जस्तो चराको धेरै चहलपहल छैन कतै बढेको, कतै घटेको अनुमान गरेका छौँ, सबैतिरको गणनाको नतिजा आएपछि यकिन थाहा हुन्छ ।”

घोडाघोडी तालमा ५(७ वर्ष पहिला देखिने चरा अहिले देखिन छोडेका छन् । आहाराको कमी र असुरक्षित वासस्थानका कारण चराहरू लोप हुँदै गएको अध्यक्ष चौधरी बताउनुहुन्छ। 

नेपाल पन्छी संरक्षण सङ्घको अगुवाइमा केही वर्षदेखि विभिन्न क्षेत्रमा चरा गणना गरिँदै आएको छ । चरा गणना गर्ने क्रममा कुनै ठाउँमा नयाँ प्रजातिका चरा थपिएको छ भने कतिपय ठाउँमा चराहरू हराउँदै गएको सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले बताउनुभयो । 

“सूचक प्रजातिको रूपमा रहेको हरीहाँसको संख्यासमेत हरेक वर्ष घट्दै गएको छ । बच्चा कोरल्ने र हुकार्उनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” उहाँले भन्नुभयो ।

चराविद् डगौराले सानो जलेवा घोडाघोडी तालमा पाइने चराहरुमध्य रैथाने चरा भएको र यसको सङ्ख्या पनि घट्दै गएको बताउनुभयो । उहाँले सानो जलेवाको एक हुल देखाउँदै भन्नुभयो, “पहिलेभन्दा गत वर्ष घटेको पाएका थियौँ, हेरौँ यो वर्ष कति भेटिन्छन् ।”

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको विवरण, अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधि गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष सिमसार क्षेत्रको जलपन्क्षी गणना गरी सिमसार क्षेत्रमा चराको सङ्ख्याको हरेक वर्ष एकीकृत प्रतिवेदन तयार गरिन्छ ।

मानव गतिविधि कम हुने क्षेत्रमा चराको सङ्ख्या बढ्दै गएपनि घोडाघोडीमा मानव गतिविधि र नकरोड तालमा चोरी सिकारीका कारण चराहरूको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले बताउनुभयो ।

सूचक प्रजातिको रूपमा रहेको हरिहाँस र बगाले सिमकुखुरा पहिलेपहिले तालको छेउछाउमा बाक्लो मात्रामा देखिँदै आएकोमा अहिले फाट्टपुट्टमात्र देखिने गरेको स्थानीयको भनाइ छ । नेपालमा मात्र पाइने अधिकांश चराहरूको वासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा मानवीय गतिविधि कम हुने क्षेत्रमा नयाँ प्रजातिका चरापनि थपिएका छन् । 

कैलालीमा ४९६ प्रजातिका चरा पाइने गरेको जनाइएको छ । जसमध्ये राज लाहाँचे, डङ्गर गिद्ध, गरुडलगायत विश्वबाटै लोप हुने अवस्थाका चरा पनि यहाँ छन् । यसैगरी नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा ३६० प्रजातिका चरा पाइने गर्छन् । 

कैलालीमा सबैभन्दा बढी चरा प्रजाति घोडाघोडीमा पाइने गरेको तथ्याङ्कले देखाउँछ । घोडाघोडी सिमसारमा पाइने चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने उद्देश्यले २०७८ फागुन २७ गते सुदूरपश्चिम सरकारले घोडाघोडीलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा