थारु र पहाडी समुदाय मिलेर सामुहिक रुपमा मनाइयो अटवारी

Atwari
Atwari
September 01, 4:43

धनगढी, भदौ १५  - हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा थारु समुदायको पर्व अटवारीको अवसरमा आज थारु होम स्टे भादा गाउँमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छा को सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस कैलालीका पुर्ब जिल्ला उपसभापति नारायण भट्ट , नेकपा कैलालीकी नेत्री गीता सोडारी रहनु भएको थियो ।

कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरीले अटवारी पर्वको अवसरमा हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल गरेको शुभकामना आदानप्रदान कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको प्रसंशा गर्दै साँस्कृतिक रुपमा सबै जातजाति एकताको सुत्रमा गोलबद्ध गराउने बिश्वास ब्यक्त गर्नु भयो ।तसर्थ नेपाली लोक संस्कृतिको जगेर्नामा सबैले लाग्नु पर्ने बताउनु भयो । भाषा, कला, साहित्य संस्कृतिको संरक्षणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथी नेपाली काङ्ग्रेस कैलालीका पुर्ब उपसभापति नारायण भट्टले सबै जातजातिको ऎतिहासिक भातृत्व कायम भएको उदाहरण दिदै त्यो भातृत्व सद्भाव माया सदैव राख्न साँस्कृतिक माध्यमबाट बढी प्रभावकारी रहने बिश्वास ब्यक्त गर्नु भयो ।

त्यस्तै विशिष्ट अतिथी नेकपा कैलालीकी महिला नेत्री गीता सोडारीले संस्कृतिको जगेर्ना संगै संस्कृति भित्रका बिकृतीको अन्त्य गर्नु पर्ने बताउनु भयो । धनगढी उपमहानगरपालिका वडा न.१६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरी , बरिष्ठ गायक एवं अभिनेता दलबहादुर बोगटी ,सुदुरपश्चिम साहित्य समाजका उपाध्यक्षद्वय तीर्थराज पाण्डेय, रुपा स्वाँर, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली ,समाजसेवी हनुमान चौधरी , सु.प. साहित्य समाजका सह- कोषाध्यक्ष साहित्यकार दुर्गा मल्ल , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीका प्रथम उपाध्यक्ष गोबिन्द साउँद, कलाकार मनिराम चौधरी , राजबहादुर चौधरी( राजु), हास्यकलाकारद्वय खगेन्द्र राज जोशी(रगडे रुल्ले ) , युवराज जोशी ( खोस्मडे खण्टे) गायक सुरेन्द्र संगम , गायिका माया पाण्डेय, साहित्यकार एवं संस्कृतिकर्मी मेघा भट्ट , हरि भट्ट , गायक एवं सञ्चारकर्मी प्रेमबिबश चन्द लगायतले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा थारु होम स्टे भादाका सञ्चालक अध्यक्ष लक्ष्मी नारायण चौधरी र थारु कलाकार मनिराम चौधरीलाई सम्मान गरिएको थियो । साँस्कृतिक झाकी समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा